राजनीति
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरी स्थगित् भएको छ । हिजो मात्र केपी, प्रचण्ड र माधवको बैठक निश्कर्षहिन भए पछि आज बिहान ११ बजे जसरी पनि बैठक संचालन गर्ने खुमल्टारको निर्णय गरेको थियो ।
तर बैठक सुरुहुनु भन्दा केहि समय अगाडी बैठक ३ बजेको लागी सारिएको भनिएता पनि ३ बजे पनि बैठक बस्न सकेन । बैठक बस्दा बस्दै सहमतिका लागी भनेर एकहप्ता बढी स्थगित गरिएको थियो ।
स्थायी समितिको बैठक रोकेर भोली भोलि सचिवालय बैठक डाकेका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार सचिवालय बैठक भोलि दिउँसो ३ बजे बस्नेछ ।
असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेपछि विवाद बढ्दै गएको छ । आज बस्ने भनिएको स्थायी कमिटी बैठकसमेत आईतबारसम्मको लागि स्थगित् भएको छ ।