logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सत्तारुढ दलको बैठक ९ औं पटक पनि स्थगित


  • राजनीति
  • मंगलबार, साउन ६ २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज पनि खास एजेन्डामा बस्न सकेन । आज समेत गरेर नेकपाको बैठक ९ पटक स्थगित भैसकेको छ । नेकपाले आजको बैठक बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको छ । साथै सरकारलाई पनि राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको छ ।

बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । स्थायी कमिटी बैठक अघि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार