logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

एमाले र माओवादी केन्द्र विचको पार्टी एकता उर्जा सकिएको ब्राण्ड-डा.बाबुराम भट्टराई


  • राजनीति
  • शनिबार, जेष्ठ ५ २०७५

आश तमु पोखरा- नयाँ शक्ती नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेकपा एमाले र माओवादी केन्द्र विचको पार्टी एकता उर्जा सकिएको ब्राण्ड भएको बताउनुभएको छ ।

पोखरामा संसदीय पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संयोजक भट्टराईले एमाले माओवादी बिचको धुव्रिकरण कुनै नौलो नभई उर्क्जा सकिएको ब्राण्ड मात्र भएको बताएका हुन । पुर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले एकिकृत भई बनेको ब्राण्ड पाँच वर्ष सम्म चुनावी क्षेत्र कायम राख्ने कार्य भएको बताउदै त्यसपछि जनताको विकल्प खोज्ने जिकिर गर्नुभयो ।
त्यसको विकल्पमा नयाँ शक्ति पार्टीको उदय भएको उहाले बताउनु भयो।

नेता भट्टराईले माओवादी केन्द्रलाई एमालेमा मर्जर गराएको आरोप लगाउदै बैकले जस्तै आफ्नो ब्राण्ड बढाउन खोजेको बताउनुभयो । पार्टी मर्जर गरेर पाँच वर्ष बहुमतले सरकार चालाए पछी जनताले उहाहरुको हैसियत समेत देखाइदिने भट्टराइले बताए।

नयाँ शक्ति पार्टी पनि मर्ज हुने तयरी गर्दै छ रे नि भन्ने पत्रकारको प्रश्नमा अर्थ नबुज्ने अबुझ हरुले यस्ता भ्रम फैलाएको बताउदै भ्रममा नपर्न पनि अपिल गरे। कम्युनिष्ट र काङ्रेसको ब्राण्ड अब पुरानो भएको भन्दै भट्टराइले अब नयाँ शक्ति पार्टीले ३ आदर्श जोडेर नयाँ आधार बनाई जनता माझ पुग्ने बताए। उहाले काग्रेसले व्यक्तिगत स्वार्थ अनि कम्युनिष्टले समानता मात्र बोकेको बताउदै नयाँ शक्तिले व्यक्तिगत स्वतन्त्रता समानता अनि मानबतालाइ मिलाएर जनताको माझ जाने भन्दै आशावादी हुन आग्रह गरेका छन।

त्यसै गरी पुर्व प्रधानमन्त्री भट्टराईले पोखरा फेवा ताल अतिक्रमणको बारेमा पनि बोलेका छन। सर्बोच्च अदालतले फेवाताल अतिक्रमणको लिएको फैसला स्वागत योग्य रहेको बताएका छन। आफु प्रधानमन्त्री रहेको वेला चालेको कदमले सार्थक्ता पाउदा खुसी भएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार