logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओलीले पार्टीको कुरा नमानी सुखै छैन, म नै राज्य हु भन्ने नसोचे हुन्छ : नेता नेपाल


  • राजनीति
  • शुक्रबार, साउन ९ २०७७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले म नै राज्य हो, मबिना संसार चल्दैन भन्ने भ्रममा नपर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘आफूसँगै आन्दोलन समाप्त पार्ने प्रयास नहोस्।’ नेता नेपालले कसैले फुटाउन खोज्दैमा नेकपा नफुट्ने दाबी गरेका छन्। उनले भने,‘नेकपा फुट्दैन। कोही चोइटिन खोजेमा चोइटिएला तर फुट्दैन।’

नेपालले पार्टीलाई अब नयाँ सिराबाट अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘नयाँ सिराबाट अगाडि बढ्ने परिकल्पना गरौं। अब ढिला हुन लागिसकेको छ। बहुमतको निर्णय पार्टीको निर्णय हो। यसलाई सबैले मानौं । त्यसलाई मान्दिनँ भनेर कसैले सुख पाउदैन। सबैमा बुद्धि पलाओस्, यसमै सबैको भलो हुनेछ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार