logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पार्टी फुटेमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुनेछ : गोकुल बाँस्कोटा


  • राजनीति
  • आइतबार, साउन ११ २०७७

k"j{dGqL afF:sf]6f sfe|]knf~rf]s, !) ;fpg . dbg e08f/L kmfp08];g sfe|]knf~rf]såf/f zlgaf/ ag]kfdf cfof]lht lhNnf e]nfnfO{ k"j{dGqL Pj+ g]skfsf s]Gb|Lo ;b:o uf]s'nk|;fb afF:sf]6faf6 ;Daf]wg . t:jL/ M /fhs'df/ k/fh'nL÷/f;;

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताएका छन् । नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र जनताले पनि साथ दिँदैनन् भने ।

सांसद बाँस्कोटाले नेपालको इतिहासमा कम्युनिष्टले पहिलो पल्ट बहुमतको सरकार बनाएको जनाउँदै राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन सबैलाई आग्रह गरे । उनले प्रश्न गरे, “वर्तमान सरकारले गणतन्त्रण्लाई स्थायित्व गरिरहेका सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?”

बाँस्कोटाले देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्तालाई सबल पार्टीका रुपमा प्रस्तुत गर्नुपर्ने ठूलो चुनौती रहेको बताए । उनले भने “जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचारलाई आत्मसात् गर्नुपर्छ, सबै समस्या हल हुँदै जान्छन् ।” उनले भण्डारीको विचारलाई जनताको मनमनमा पु¥याउनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज आनन्द पोखरेलले फाउण्डेशनको कार्यक्रम गर्दा गुटबन्दी भयो भन्नेले प्रधानमन्त्री ओलीको राजीनामा मागी गुटबन्दी गरेको आरोप बताए । सो अवसरमा प्रतिनिधिसभा सदस्य रामहरि सुवेदी, वाग्मती प्रदेशसभा सदस्यत्रय वसुन्धरा हुमागाईँ, चन्द्र लामा र गोमा भुर्तेल, नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुलगायतले जनताको बहुदलीय जनवाद हिजो, आज र भोलि पनि सान्दर्भिक रहेको विचार राखे ।-रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार