logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

एकताले नेपाली कांग्रेसलाई कुनै असर नपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको दावी


  • राजनीति
  • शनिबार, जेष्ठ ५ २०७५

एमाले र माओवादी केन्द्रबीचको एकताले नेपाली कांग्रेसलाई कुनै असर नपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन्।

नेता सिंहले तरुण दल काठमाडौंले शनिबार आयोजना गरेको जिल्ला स्तरीय सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दुई ठूला पार्टी मिल्दैमा कांग्रेसको आस्था र वजनमा कमी नआउने बताए।

उनले कांग्रेसको मूल्य, मान्यता र सिद्धान्तलाई केन्द्रविन्दुमा राखेर काम गर्न सक्ने हो भने फेरी पनि जनताको विश्वास आर्जन गर्न सकिने बताए। विगतमा मुलुकका ठूला ठूला परिर्वतनमा कांग्रेसले अग्रणी भूमिका निर्वाह गरेको भन्दै उनले नेतृत्व तहबाट नै पार्टीको आर्दश र सिद्धान्त केन्द्रमा राखे काम भए जनताले कांग्रेसलाई ठूलो पार्टीको रुपमा स्थापित गराउने दाबी गरे।

नेता सिंहले स्पष्ट बहुमत रहेको भन्दै घमण्ड गर्नुको सट्टा विधि, विधान र प्रक्रिया संवतः ढंगले अघि बढ्न सरकारलाई सचेत गराए। उनले संघीय संसद कार्यसंञ्चालन नियमावलीमा सत्तारुढ दलले सहमति तोडेर बहुमतको अहम् देखाएको टिप्पणी गरे। मस्यौदा समितिमा सहमति भईसकेका विषयमा संशोधन प्रस्ताव दर्ता गरेर सत्तारुढ दलले कांग्रेसका बारेमा भ्रम फैलाउने काम गरेको उनले आरोप लगाए।

यातायात व्यवसायीलाई तर्साउने, धम्काउने र हत्तोत्साही गर्ने सरकारी गतिविधिको विरोध गर्दा कांग्रेस सिण्डिकेट पक्षधर भनी आरोप लगाउने काम भएको उनको टिप्पणी थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार