logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

श्रमिक र पत्रकार संगै लड्नु पर्ने बेला आएकोछ : जन्मदेव जैसी


  • राजनीति
  • शनिबार, साउन १७ २०७७

कोरोना संक्रमण र त्यसले उद्योग, व्यापार, व्यवसायमा प्रभाव पारेको भन्दै पछिल्लो समय देशकै सवल मानिएका कम्पनी, मिडिया संस्थान तथा आैधाेगिक संस्थाहरुले धमाधम श्रमजीवीहरुलाई गैह्र न्यायीक ढंगबाट कामबाट निकालेको भन्दै विभिन्न ६ मजदूर संगठनहरुले आज राजधानीमा विरोध कार्यक्रम गरेका छन ।

साे कार्यक्रमलाई सञ्चारसम्बद्ध विभिन्न आधा दर्जन पत्रकार संघ/संगठनहरुले ऐक्यबद्धता पनि जनाए ।

६ वटा सञ्चार संघ/संगठनकाे तर्फबाट क्रान्तिकारी पत्रकार संगठन, जेपालका उपाध्यक्ष जन्मदेव जैसीले श्रमिक र पत्रकारहरुले एउटै आवाजमा श्रमशाेषक मालिकबिरुद्ध खवरदारी गर्ने बेला आएकाे बताए । “काेराेना”काे बहानामा सबै साहुहरु श्रमजीवीकाे पेटमा लात हानिरहेका छन्, अब संगै लडाैं, नत्र अलगथलग गरेर सिध्याउनेछन्,” पत्रकार महासंघकाे केन्द्रीय सदस्य समेत रहेका जैसीले भने । रोजगारदाता कम्पनी, संस्थान वा मालिकहरुले पछिल्लो समय ‘रोजगार कटौती, तलव सुविधा कटौती, कामबाट निष्काशन, तलव समयमा नदिने, काम गर्ने वातावरण नगराउने’ जस्ता मजदूर हक, अधिकार विरोधी गतिविधि बढाएको भन्दै साे विरोध कार्यक्रमका अन्य वक्ताहरुले राज्यलाई तत्काल समस्या समाधान गर्न चेतावनी दिएका छन ।

समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेवाङ्ग, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष खकेन्द्र प्याकुरेल, नेपाल ट्रेड युनियन फेडेरेशनका अध्यक्ष गंगाराम खड्गी, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरीलगायतले मजदूर वर्गको समस्याको दिर्घकालिन समाधानको लागि मजदूर विरोधी राज्य व्यवस्थाको विकल्प खोज्नुपर्नेमा जोड दिएका थिए । वक्ताहरुले कामबाट हटाइएका श्रमिकहरुलाई पुनः काममा फर्केर आफ्नो काम गर्ने वतावारण निमार्ण गराउन राज्यसँग माग समेत गरे ।

वक्ताहरुले कतिपय अवस्थामा नियुक्ति पत्र वा काम गर्दाको सहमति अनुसार मालिकले सेवा सेविधा नदिने, कामबाट आफुखुशी निकाल्ने हर्कत बढाउने गरेको भन्दै त्यस्ता गतिविधि नरोकेमा मजदूरहरुमाथि भैरहेको अन्यायका विरुद्ध सशक्त आन्दोलन चर्काउने चेतावनी समेत दिए ।

आज दिउँसाे माइतिघर मण्डला चोकबाट शुरु भएको उक्त विरोध र्याली नयाँ वानेश्वर चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

कार्यक्रममा मजदूर वर्गको हक, हितको र अधिकारको लागि संघर्ष अनिवार्य हुने भन्दै सहभागीहरुले सम्पूर्ण मजदूर विरोधी सम्झौताहरु खारेजीको माग राखेर नाराबाजी गरेका थिए । उनीहरुले राज्य वयवस्थाको मजदूरमारा नीतिको व्यापक भण्डाफोर गराैंजस्ता नारा लगाउँदै बानेश्वर चाेकमा आएर काेणसभा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार