logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रपति ‘सि’को संदेश नेपालसग मिलेर काम गर्ने मन छ


  • राजनीति
  • शनिबार, साउन १७ २०७७

चिनियाँ राष्ट्रपति सी जिनफिङले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् । नेपाल-चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वर्षगाँठको अवसरमा सीले नेपालसँग मिलेर काम गर्ने इच्छा रहेको बताएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीन–नेपाल सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा राष्ट्रपति सीले नेपालकी समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गरेका छन् । नेपाल र चीनबीच सन् १९५५ अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन सकियोस् भन्दै चिनियाँ राष्ट्रपति सीले नेपालसँग मिलेर काम गर्न गर्न इच्छुक रहेको बताएका छन् । दुबैदेशका नागरिकले अधिक लाभ लिन सक्नेगरी, क्षेत्रीय स्थिरता र विकासमा सकरात्मक योगदान दिन नेपालसँग मिलेरर अघि बढ्ने इच्छा चिनियाँ राष्ट्रपति सीले व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार