logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

लगानी बोर्डको सिइओमा विवादास्पद एजेन्ट भट्टको नियुक्ति प्रति प्रचण्ड र खनालको आपत्ति


  • राजनीति
  • मंगलबार, साउन २० २०७७

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले सरकारले विवादास्पद एजेन्ट सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको भन्दै आपत्ति जनाएका छन् ।

पार्टीको परामर्श र निर्णयविनै दुर्नाम पात्र भट्टको नियुक्तिप्रति गम्भीर प्रश्न उठाउँदै प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा प्रचण्ड र खनालले आपत्ति जनाएका हुन् ।

पार्टीभित्रको विवाद समाधानका लागि भनिएको छलफल भट्टकै नियुक्तिको विषयमा गम्भीर प्रश्न उठेपछि केहीबेर तनाव भएको उच्चस्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले भने मिडियाले लेखेकै आधारमा प्रश्न उठाउनुको औचित्य नहुने भन्दै सरकारले योग्य व्यक्तिलाई नै नियुक्ति गरेको भन्दै उनको बचाउ गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार