logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मोदीको मोडेलमा पार्टी एकता भएको वरिष्ठ नेताको खुलासा


  • राजनीति
  • सोमबार, जेष्ठ ७ २०७५

विगठित एमाले तथा नवगठित अन्डरलाइन नेकपाका  प्रभावशाली नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी ओलीबीच देखिएको असमझदारी अन्त्य भएको बताएकाछन ।

एकतामा महत्त्वपूर्ण भुमिका रहेका नेता माधव कुमार नेपालले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि दुई ठूला कम्युनिस्ट पार्टी एकीकृत भएको भन्दै यसप्रति भारतको समर्थन र साथ रहेको बताए ।

अण्डरलाइन नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि नेपाल—भारत सम्बन्धमा आइसब्रेक भएको दाबी गरे । उनले भने, ‘केपी ओलीजीले मोदीलाई गर्नुभएको स्वागत सत्कार र सम्मानले दुई देशबीचको सम्बन्धमा आइसब्रेक भएको छ । अब कुनै समस्या छैन । नेपाल–भारतबीच नङ र मासुको सम्बन्ध छ ।’ नेपाललाई कम्युनिस्ट देश बनाउन भारतको समर्थनविना सम्भवन नभएको नेता नेपालको भनाइ थियो ।

शनिबार राजधानीमा आयोजित ‘मोदीको नेपाल भ्रमण र भविष्यको सम्भावना’ विषय विचार गोष्ठीमा नेपालले भने, ‘मोदीको भ्रमणलाई नेपालमा दुई विचारधाराहरूले हेर्न थालिएको छ । एक निराशावादी र दोस्रो आशावादी । त्यहाँ निराश हुनुपेर्न कुनै आवश्यक्ता छैन । आशावादी हुनाले ठूलो सम्भावनालाई अगाडि बढ्न उत्प्रेरित गर्छ ।’

नेता नेपालले भारतीय प्रधानमन्त्री मोदीकै सहयोग र समर्थनमा दुई ठूला कम्युनिस्ट पार्टी एकीकृत भएको संकेत गरे । ‘वाम गठबन्धन र पार्टी एकीकरणमा भारतको ठूलो सहयोग छ’, नेपालले ओली–मोदीबीचको केमेष्ट्रिको भेद खोल्दै भने, ‘उहाँहरूको कुरा नमिलेको भए सायद यति ठूलो कम्युनिस्ट पार्टी बन्ने थिएन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार