logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भोलीबाट जोरबिजोर


  • राजनीति
  • बुधबार, साउन २१ २०७७

सरकारले भोलिबाट सवारी साधनमा जोर विजोर प्रणाली लागु गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नै यस्तो निर्णय गरेको गृह मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ । कोरोना संक्रमण दुई सय भन्दा बढि देखिएका जिल्लामा यो प्रणाली लागु हुने बुझिएको छ ।

सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उपत्यका र २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निजि तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । सो निर्णय बिहीबारदेखि लागू हुने छ ।

लामो लकडाउनपछि मन्त्रिपरिषद्को गत जेठ २८ गतेको बैठकले एक जिल्लाभित्र मात्रै चल्न पाउने गरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

त्यसको झण्डै एक महिनापछि सरकारले असार अन्तिम साता छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको थियो । कोभिड–१९ सँगै सरकारले आह्वान गरेको लकडाउनका कारण गत चैत ११ गतेदेखि देशभरका सम्पूर्ण सार्वजनिक यातायात बन्द भएका थिए ।

सरकारको निर्णयपछि पनि व्यवसायीले विभिन्न माग राखेर यातायात सञ्चालनमा गर्न मानेका थिएनन् । विभिन्न चरणको छलफलमा उनीहरुको माग सम्बोधन गर्न सरकार तयार भएपछि साउन ८ देखियातायातका साधन सञ्चालनमा आएका थिए । यद्यपी लामो दूरीका सवारीसाधन अझै सञ्चालनमा आइसकेको छैन ।

सरकारले साउन ९ गतेमध्यरातदेखि लागू हुनेगरी लकडाउन हटाउने निर्णय गरेको थियो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गरिएको सरकारको भनाइ छ ।

सरकारले लकडाउन खुला गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र भने सरकारले सञ्चालन अनुमति दिएको छैन ।

यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको छ भने सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरिसकेको छ । सेमिनार र भेला भने गर्न भने दिइएको छैन ।

यसैगरी भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय भएको छ । अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको छ ।

यसैगरी सरकारले सिफ्टमा सञ्चालन गरेका सरकारी कार्यालय पूर्ववत् रुपमा सञ्चालन भइसकेका छन् ।

सरकारले लकडाउन खोजेर अवस्थालाई सामान्यीकरण गर्न खोजिरहेकाे बेला संक्रमितको संख्या बढ्न थालेसँगै फेरि यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।
यस्तै संक्रमण न्यूनीकरणका लागि पुनः लकडाउन गर्नुपर्ने आवाज समेत उठेको छ । मंगलबार प्रधानमन्त्रीले विज्ञहरुसँग गरेको छलफलमा १५ दिन कडाखालको लकडाउन गर्न सुझाव आएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार