logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी र बिधार्थी अध्यक्ष सहित चार प्रकाउ


  • राजनीति
  • बिहिबार, साउन २२ २०७७

रुकुम पश्चिम – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रुकुम पश्चिम जिल्ला सेक्रेटरीसहित चार नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्ला सेक्रेटरी हिरामणि रावल ‘मञ्जित’सहित चारजनालाई प्रहरीले आठबिसकोट नगरपालिका–९, राडी बजारबाट पक्राउ गरेको हो । प्रकाउ पर्नेमा मुसिकोट नगरपालिका–६, का ३९ वर्षीय जिल्ला सेक्रेटरी रावलसहित पार्टीका जिल्ला सदस्य २८ वर्षीय घमण्ड महर र विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष १९ वर्षीय प्रेमप्रशान्त बोहरा रहेका छन ।

सोही टोलीमा रहेका पार्टीका कार्यकर्ता २० वर्षीय तुलबहादुर घर्ती पनि पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

चेकजाँच गर्दा राडी बजारको एक होटेलको कोठामा छलफल गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको डिएसपी केसीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार