राजनीति
KRASNODAR, RUSSIA - MARCH 20, 2020: An employee processing samples while conducting COVID-19 coronavirus tests at the Microbiology Lab of the Hygienic and Epidemiological Center in the Krasnodar Territory, part of the Russian Federal Service for Surveillance on Consumer Rights Protection and Human Wellbeing (Rospotrebnadzor). Igor Onuchin/TASS
Ðîññèÿ. Êðàñíîäàð. Ñîòðóäíèöà âî âðåìÿ ïåðâè÷íîé îáðàáîòêè ïðîá áèîëîãè÷åñêîãî ìàòåðèàëà íà êîðîíàâèðóñ COVID-19 â ìèêðîáèîëîãè÷åñêîé ëàáîðàòîðèè èñïûòàòåëüíîãî ëàáîðàòîðíîãî öåíòðà ÔÁÓÇ "Öåíòð ãèãèåíû è ýïèäåìèîëîãèè â Êðàñíîäàðñêîì êðàå". Ó÷ðåæäåíèå âõîäèò â åäèíóþ ôåäåðàëüíóþ öåíòðàëèçîâàííóþ ñèñòåìó îðãàíîâ, îñóùåñòâëÿþùèõ ãîñóäàðñòâåííûé ñàíèòàðíî-ýïèäåìèîëîãè÷åñêèé íàäçîð. Èãîðü Îíó÷èí/ÒÀÑÑ
पछिल्लो समय कोरोना भाईरस तिब्र रुपमा बढेको छ । नेतादेखि उनीहरुका सुरक्षागार्ड समेतलाई संक्रमण देखिन थालेको छ । प्रदेश सरकारका मन्त्री, संसद सचिवालय र अख्तियारका कर्मचारीहरुमा पनि कोरोना भाइरस संक्रमण भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अध्यक्ष दाहालसहित परिवार र भित्री घेरामा खटिएका सुरक्षाकर्मीको परीक्षण गर्दा भने कोरोना संक्रमण देखिएको छैन । ६ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टी भएपछि अन्य प्रहरी र दाहालसहित परिवारका सदस्यहरुको परिक्षण गराउँदा नतिजा नेगेटिभ आएको हो ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनलाई अहिले मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा राखिएको छ । मन्त्रालयका अन्य ७ जनामा पनि कोरोना पुष्टि भएको छ । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का ६ कर्मचारी र सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । यादवले गत साउन १६ गते प्रधानमन्त्री केपी ओलीलाई भेटेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको टेस्टिङ गाइडलाइन अनुसार संक्रमितसँग सम्पर्कमा आएका व्यक्ति सम्भावित संक्रमित हुन् र उनीहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्नुपर्छ । प्रधानमन्त्रीको सचिवालयले संक्रमितको सम्पर्कमा आएकाहरुको परिक्षण गरिएको र नतिजा नेगेटिभ आएको जनाएको छ । तर प्रधानमन्त्री ओलीको कोरोना परिक्षण भए नभएको खुलाइएको छैन । ओलीसँगै मन्त्री यादवले गृहमन्त्री रामबहादुर थापा र प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुलाई पनि एकसाथ भेटेको थिए ।
उता नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री अजय चौरसियालाई पनि कोरोना संक्रमण भएको छ । वीरगञ्जमा गरिएको परीक्षणमा नेता चौरसियालाई संक्रमण पुष्टि भएको हो । यसअघि वीरगञ्जमै संघीय सांसद प्रदीप यादव र मेयर विजय सरावगीलाई पनि कोरोना पुष्टि भएको थियो ।
संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय एक जना चालकसहित २२ प्रहरीलाई कोरोना पोजिटिभ देखिएको छ । २२ जनालाई कोरोना संक्रमण देखिएपछि कर्मचारीलाई परीक्षण गराएरमात्र कार्यालय आउन निर्देशन दिएको छ । यसअघि अख्तियारका १५ जना कर्मचारीमा संक्रमण पुष्टी भइसकेको थियो । पछिल्ला दिनमा कोरोना भाइरस समुदाय स्तरमै प्रवेश गरिसकेको छ । जसका कारण जोखिम बढिरहेको छ ।