logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

क्रान्तिकारीका नेता गिरफ्तार ,फासिवादी हर्कत भन्दै नेकपाको आक्रोश


  • राजनीति
  • आइतबार, साउन २५ २०७७

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दैलेखले आफ्नो पार्टीका जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष उदयराम विश्वकर्मा ‘सुदर्शन’ लाई प्रहरीले गि’रफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरेको छ ।

नेकपा दैलेखका जिल्ला इन्चार्ज दिपेन्द्रले हिजो शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै शनिबार बिहान ४ बजे आठबिस नगरपालिका वडा नं ६ सिहासैनमा रहेको आफ्नै घरमा बसिरहेको बेला आफ्ना कार्यकर्ता गिर’फ्तार गरेको भन्दै रिहाइको माग गरेका छन् ।

नेपाली जनता कोरोना माहामारी, बाढीपहिरोबाट पीडित भएको बेला जनताको राहत र उद्धारमा ध्यान केन्द्रित गर्नुको साटो सरकार नेकपाका नेता कार्यकर्तालाई गि’रफ्तार गर्नतिर लागेको भन्दै सरकारको उक्त कदम फासिवादी भएको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार