logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

हस्ताक्षरगर्ने नेकपाका ६३ सांसद मध्य को कसको गुटमा ? (नामावली सहित)


  • राजनीति
  • सोमबार, साउन २६ २०७७

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका सांसदहरुले पार्टी एकताको लागि अपिल गरेका छन् । आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनीहरुले करिब दुईतिहाई मतदान नेकपालाई दिएर विजयी बनाएका नेपाली जनताका सपना साकार बनाउन लाग्नु पर्ने ऐतिहासिक जिम्मेवारीलार्य भुलेर नेपाल कम्युनिष्ट पार्टीको शिर्ष नेतृत्वतहमा देखा परेको गम्भिर अन्तरविरोधले आम नेपाली जनता र कार्यकर्ताहरु मर्माहत भएको भन्दै शिर्घ एकताको सुत्रमा बाँधिन अपिल गरेका हुन् ।

पत्रकार सम्मेलनमा वितरित अपिलमा भनिएको छ–दुई ठूला पार्टीहरुको एकता प्रकृया पूरा नहुँदै विग्रहतिर जाने सम्भावना बढेर गएको छ ।

६३ सांसदमध्ये ओली पक्षका बढी छन् । हेर्नुहोस् सूची–

ओली पक्षधर (३० जना) : आशाकुमारी बिक, कृष्णप्रसाद दाहाल, कृष्ण लाल महर्जन, केदार सिग्देल, गणेश सिंह ठगुन्ना, गोमा देवकोटा, धनश्याम खतिवडा, जीवनराम श्रेष्ठ, तीर्था गौतम, थममाया थापा, दामोदर भण्डारी, नन्दलाल रोका क्षेत्री, नरबहादुर धामी, नवराज सिलवाल, नारदमुनि राना, पदम गिरी, प्रेम आले, विजय सुब्बा, भवानी खापुङ, भूपेन्द्र थापा, भैरवबहादुर सिंह, मनकुमारी जिसी, रबिन्द्र राज शर्मा, राजेन्द्र कुमार राई, राजेन्द्र प्रसाद गौतम, रामचन्द्र गौतम, लालप्रसाद साँवा लिम्बु, विशाल भट्टराई, शान्तिमाया तामाङ पाख्रिन, सरिता न्यौपाने ।

माधव नेपाल पक्षधर (२१ जना) : कलिला खातुन, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोख्रेल, गणेशकुमार पहाडी, जयकुमार राई, झपट रावल, दीपकप्रकाश भट्ट, ध्रुवकुमार शाही, नारायणप्रसाद खतिवडा, पार्वतीकुमारी बिशुन्खे, पुष्पाकुमारी कर्ण कायस्त, मेटमणि चौधरी, यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, राजबहादुर बुढा, रामकुमारी झाँक्री, लक्ष्मीकुमारी चौधरी, विना पोख्रेल, समिना हुसेन, सरिताकुमारी गिरी, सरला यादव ।

प्रचण्ड पक्षधर (१२ जना) : अञ्जना बिशंखे, अमनलाल मोदी, इन्दुकुमारी शर्मा, गंगाबहादुर तामाङ, गोपीबहादुर अछामी, गौरीशंकर चौधरी, चाँदतारा कुमारी, धर्मशीला चापागाई, श्यामकुमार श्रेष्ठ, सुदन किराती, सुरेशकुमार राई, हेमकुमार राई

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार