logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जनता समाजवादी पार्टीका महासचिव रोकायको निधन


  • राजनीति
  • सोमबार, साउन २६ २०७७

जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश महासचिव पञ्चसिंह रोकायको निधन भएको छ ।क्यान्सर रोगले पीडित रोकायको सोमबार बिहान आफ्नै घर सुर्खेतको लाटीकोइलीमा निधन भएको हो ।

रोकाय नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्षसमेत हुन् । उनको पाँच वर्ष अघि कलेजो ट्रान्सप्लान्ट गरिएको थियो ।

कलेजो ट्रान्सप्लान्ट गरेका रोकायकाे २०७६ चैतमा मुखको खटिरा क्यान्सर पुष्टि भएको थियो ।चैतमा क्यान्सर भएका उनी उपचारपछि घर फर्किएका थिए । उनका दुई छोरा र एक छोरी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार