logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मुख्यमन्त्रीलाई संघीय सरकारले विदेश भ्रमणमा रोक लगाएर गम्भीर गल्ती गरे-डा. भट्टराई


  • राजनीति
  • मंगलबार, जेष्ठ ८ २०७५

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रदेश २ का मुख्यमन्त्रीको अमेरिका भ्रमणलाई रोक लगाउन नहुने बताएका छन् । उनले संघीय सरकारको निर्णय सच्याउनुपर्ने बताएका छन् ।

डा. भट्टराईले ट्विट गर्दै  ‘प्रदेश–२ का मुख्यमन्त्रीलाई संघीय सरकारले विदेश भ्रमणमा रोक लगाएर गम्भीर गल्ती गरेको छ,’ भट्टराईले लेखेका छन्, ‘कारण जेसुकै भए/दिए पनि यसले भर्खरै संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेशबीच शंका/दूरी बढाउनेछ र गलत नजीर बसाल्नेछ ! संघीय सरकारले तुरून्त निर्णय सच्याओस् ।’

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणको प्रस्तावलाई सदर नगर्ने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार