logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आजदेखी सवारी पास बन्द, गृहको यस्तो निर्देशन


  • राजनीति
  • बिहिबार, साउन २९ २०७७

गृह मन्त्रालयले लकडाउनका बेलादेखि वितरण हुँदै आएको सवारी पास नदिन निर्देशन दिएको छ । आज मन्त्रालयले एक निर्देशन पत्र जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयलाई भोलिदेखि लागु हुने गरी सवारी पास वितरण रोक्न भनेको छ ।

मन्त्रालयले मन्त्रीपरिषदको निर्णयबमोजिम अर्को सुचना जारी नभएसम्मका लागि पास वितरण रोक्न निर्देशन दिएको हो । कोभिड १९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै अहिले जारी हुँदै आएको पास अब नदिन भनेको छ ।

गृहमन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई दिइएकाे निर्देशनमा भनिएको छ ‘कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’

अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लिएर जान नपाइने भएको छ। पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सरकारले सवारी सञ्चालन तथा आवतजावतमा कडाई गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार