logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बाढीले बन्द भएको बाटो विप्लवका युवाले बनाए


  • राजनीति
  • आइतबार, साउन ३२ २०७७

नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा कालिकोट जनताको सास्तीको सहारा बनेको छ ।

साउन १२ गते आएको बाढीले कर्णाली कोरिडोर अन्तरगत पर्ने खुलालु खोलामा निर्माण गरिएका २ वटा पुल बेलिब्रिज र झोलङ्ङे पुल बगाए पछी मानिस आवत जावत मा निकै कठिनाई परेको थियो मुख्य राजमार्ग र मुगु हुम्ला बाजुरा र कालिकोटका जनताको हाटबजार जाने मुख्य मार्ग नै अबरोध भएको थियो जोखिम मोलेर मान्छेहरु ले जनही ३०० मान्छे को र ५०० भारी तारिदिए बापत रकम तिर्नु का साथै जोखिम मलेर खोला पार गर्नु पर्ने देखेर नेकपा कालिकोट ले आन्तरिक पार्टी पंङती परिचालन गरि अस्थाई पुल निर्माण गरेको छ ।

जिल्ला ईन्चार्ज बिराट को नेतृत्वमा जिल्ला सेक्रेटरी रणदिप सहित जबस प्रमुख लगायत को शक्ति जुटी ३० र ३१ गते गरि २ दिनमा अस्थाई पुल निर्माण गरिदिएको छ हिजो बाट हजारौं जनताहरु ले हिडडुल सहजै गर्ने काम भएको छ यस्तै प्रत्यक गाउहरुमा जनश्रम सहित बाढी पसडितहरुको उद्दारमा निरन्तर खटिने जिल्ला सेक्रेटरी क रणदिप ले बताउनु भयो ।

जनतनलाई सास्ती भैरहेको बेला कथित जनप्रतिनिधीहरु शहर मा मस्ती गरिरहेका छन भने कोही हेलीकप्टरमा यात्रा गरिहेका बेला नेकपा कालिकोट ले उक्त काम गरेकोमा स्थानिय देखि अावत जावत गर्ने मानिसहरु खुसी भएको युवा संगठनका उपाध्यक्ष मिनेश एडी बताउछन । यो अभियान भार्द्र महिना भरी चलाईने नेकपा कालिकोट ले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार