logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

छोरीलाइ यस्तो बंगला बनाइदिए प्रचण्डले


  • राजनीति
  • बुधबार, जेष्ठ ९ २०७५

बाहिर बजारमा धनी नेताका रूपमा समेत चिनिएका कम्युनिस्ट नेता प्रचण्डले आफ्ना दुई छोरीहरू (रेणु र गङ्गा)लाई आफ्नै निवासवरिपरि घर बनाइदिएको खबर सार्वजनिक भएको छ।

पुरानो बसाइ लाजिम्पाटको निवास शुभ नभए पछि छोरा प्रकाशका निम्ति कुनै शारदा अधिकारी नामक ठेकेदारको नाममा बनाइएको खुमलटारस्थित घरमा बसोवास गर्न पुगेका प्रचण्डले आफ्ना दुवै छोरीलाई आफ्नै निवासको नजिकै दुईवटा घर बनाइदिएर गृहप्रवेश गराएका छन् ।

बढिनै हतार–हतारमा निर्माण गरिएका ती घरहरू ‘इन्टेरिएर’लगायतको काम सम्पन्न हुन बाँकी भए पनि गत वैशाख २९ गते सनातनी धार्मिक विधिअनुरूप पूजा गरी दुई छोरीलाई गृहप्रवेश गराइएको थियो । उक्त दिन गृहप्रवेश नगराइँदा विजयादशमी या अर्को कुनै राम्रो साइत पर्खनुपर्ने भएकोले त्यसरी वैशाख २९ गते नै गृहप्रवेश गर्नुपरेको पूजामा संलग्न पुरोहितले बताएका छन् ।

मुलुकलाइ धर्मनिरपेक्ष तुल्याउन सर्वाधिक मुख्य भूमिका निर्वाह गर्ने र इसाई धर्मप्रति विशेष निकटता दर्शाउने प्रचण्डले छोरीहरूलाई गृहप्रवेश गराउँदा भने सनातन विधिअनुरूप पुरोहित राखेर पूजा गर्न लगाएका थिए ।

सरकारलाइ प्रचण्डले बुझाएको सम्पत्ति विवरणमा एक कट्टा जमिन (चितवनमा) र तीन तोला सुन मात्र उल्लेख छ । तर, नेताहरूमध्ये शेरबहादुर देउवाको भन्दा पनि विलासी जीवन यिनै प्रचण्डको देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार