logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

वामदेवलाइ राष्ट्रिय सभामा नलाने ओलिको संकेत, युवराज नै योग्य !


  • राजनीति
  • आइतबार, भाद्र १४ २०७७

सत्तारूढ दल नेकपाका अध्यक्ष एब प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित नगर्ने संकेत गरेका छन् । उनले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्नेबारे कुनै निर्णय नभएको भन्दै त्यस्तो संकेत गरेका हुन् ।

‘यस्तो कुनै निर्णय भएको छैन,’ प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलाले बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न लागेको हो ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘एकपल्ट उहाँलाई प्रतिनिधिसभाको चुनाव लडाउने कुरा भएको थियो ।’ गौतमले यसअघि राष्ट्रियसभाको चुनावमा नजाने भनेको समेत खुलासा गरे ।

ओलीले अर्थमन्त्री डा. युवराज खतिवडा अर्थमन्त्रीमा दोहोरिन पनि सक्ने बताए । खतिवडाले राम्रो काम गरेको समेत बताए । अर्थमन्त्रीमा खतिवडा दोहोरिनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘दुई चार दिन बाँकी छ हेरौं ।’ अर्थमन्त्रीबारे अहिले नै पूर्वानुमान नगर्ने समेत बताए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार