logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेकपा नेतृ ‘शिलु’ ८ महिना पछि रिहा


  • राजनीति
  • आइतबार, भाद्र १४ २०७७

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय नेता उमा भुजेल रिहा भएकीछन ।

सर्वोच्च अदालतले गैर न्यायिक थुनाबाट रिहा गर्न आदेश दिए लगतै नेकपा नेत्री उमा भुजेल रिहा भएकी छन । उमा भुजेलको तर्फबाट उनकी बहिनी शुशिला भुजेलले दायर गरेको रिट उपर सुनुवाई गर्दै आज सर्वोच्च अदालतले यस्तो आदेश दिएको थियो ।

नेतृ भुजेललसँगै सुमनसिहं पौडेल पनि रिहा भएका छन । भुजेललाई सुनसरी जिल्ला अदालतले भदौ २ गते साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो तर रिहा हुनासाथ अदालत परिसरबाटै गि’रफ्ता’र गरेर २ दिन वे’पत्ता पारेपछि सप्तरी जिल्लास्थित कन्चनपुर इप्रकामा पु-याईएका उनीहरुलाई भारदहमा प्रहरीमाथि कर्तब्य पालना गर्न अव’रोध गरेको झु’ठो आरो’पमा अ’भद्र व्यवहारको मु’द्धा दायर गरेको थियो । उनिहरुको रिटमा न्यायधीसहरु दीपककुमार कार्की र हरिकृष्ण कार्कीले फैसला गरेका थिए ।

बन्दीहरुको तर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोख्रेल, कान्तिराम ढुंगाना, चुडाबहादुर निरौला, राजु ढुंगाना, सन्तोष कोइराला र पंकजकुमार कर्णले बहस गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार