राजनीति
राजधानी बाट नजिकैरहेको जिल्ला काभ्रेको नाला पुगेका प्रचण्डले गरे कुलदेवतानेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार काभ्रेको बनेपा नगरपालिका ३ नालामा आफ्नो पुर्खौली घर खोज्दै आइपुगे । आउँदा उनले वडा अध्यक्ष केपी दाहाललाई सोधे ‘यहाँ कुन कुन जातका मान्छे बस्छन् ?’
नेकपाका द्धितिय अध्यक्ष प्रचण्डले दाहालको अनुहारले नै चिनिने भन्दै आफू भने दाहाल एकतामा मात्रै नभएर देशभित्रका सबै जातजाति, धर्म, वर्गको एकताको महा अभियानमा रहेको बताए ।
उनले आफ्नो परिवार दैलेखबाट नाला हुँदै कास्की पुगेको र चितवन झरेको प्रसंग उठाउँदै दाजुभाइ भेट्न पाउँदा खुशी लागेको बताए । ‘अहिले मैले यहाँ आए, कुलदेउताको पूजा पनि गरेँ, धेरै दाजुभाइ भेटें, कुनै जात धर्म विशेष भन्दा पनि त्यो भन्दा माथि उठेर काम गर्नुपर्छ’ उनले भने ।
पूर्वज र इतिहास बिर्सन नहुने भन्दै प्रचण्डले बन्धुत्वभाइचारा नै वैज्ञानिक संस्कार भएको बताए । उनले दाहाल बन्धु अध्ययन प्रतिष्ठानको भवन उद्घाटन तथा बंशावली ग्रन्थ विमोचनसमेत गरे । प्रचण्डको स्वागतमा नालाका दाहालहरुले परम्परागत खैजडी भजन सुनाएर स्वागत र सम्मान गरेका थिए ।