logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

७० करोड प्रकरणका धेरै कुरा बाहिर आउन बाकी रहेको मिश्रको खुलासा


  • राजनीति
  • बिहिबार, भाद्र १८ २०७७

७० करोड भ्रष्टाचारको अभियोग लागेका पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाको अडियो प्रकरण बाहिर ल्याउने विजयप्रकाश मिश्रले सहयोगको लागि भन्दै अख्तियारले पठाएको ८२२९ चलानी नम्बरको पत्र हात परेको र सोही पत्रको आधारमा आफू रेकर्डिङ डिभाईस लिनुपर्ने भएकोले जापान पुगेको र नेपाल फर्कने फ्लाईटसमेत निश्चित भैसकेको स्पष्ट पारेका छन् । आफूलाई भागेर जापान गयो भनि लेखिएका समाचार अतिरञ्जित भएको पनि उनले दाबी गरेका छन् ।

मंगलबार साँझ एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन्,’अख्तियारीप्राप्त अनुशन्धान अधिकृत र मेरोबीचमा बेलाबेलामा कुराकानी भएको र मैले दर्ता गरेको निवेदनबाट यो कुरा प्रष्ट हुन्छ ।’ उनले उक्त प्रकरण हेर्ने अधिकृत सरुवा भएको र सोही ठाउँमा नयाँ अनुशन्धान अधिकृतको पदस्थापना भएको कुरा आफूले पत्रपत्रिकाबाट जानकारी पाएको पनि जनाएका छन् । नयाँ अधिकृतहरुले आफूलाई सम्पर्क गर्नेछन् भन्नेपनि उनले विश्वास लिएका छन् ।

उनले आफैंपनि अनुशन्धान अधिकृतहरुसँग सम्पर्कमा जाने र राजनीतिक खोल ओढेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको छानबिनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले कोभिड-१९ को अहिलेको महामारीको विषम परिस्थितिको बावजुदपनि अनुशन्धान बढ्न भन्ने आफूले विश्वास लिएको बताएका छन् ।

क्षणिक हुने र अन्त्यमा सत्यको नै जित हुने कुरामा विश्वस्त रहेको मिश्रले बताए । उनले भनेका छन्, ‘केवल न्यायलाई विचलित पार्न र अनुसन्धानलाई फितलो पारेर जनताको ध्यान अन्यत्रै मोड्न गरिएको प्रपोगान्डा हो ।’

‘अडियो प्रकरणमा बाहिर आउन बाँकी कुराहरु अझै गर्भमा दबिएर बसेको छन्,’ मिश्रले भनेका छन्, ‘सबै प्रमाणहरु जुटाएर अख्तियारमा पेश गर्नेछु ।’ कसैको गुणगान गाएर १० जना फेसबुकमा साथी बनाएर म्यासेज गर्दैमा कोही चोखिन नसक्ने मिश्रको भनाइ छ ।

file photo

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार