राजनीति
प्रधानमन्त्री ओलीका बिश्वासपात्र अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा खतिवडाले प्रधानमन्त्री समक्ष राजीनामा दिएको स्रोतले जनाएको छ ।
सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने भएपछि खतिवडाले राजीनामा दिएका हुन् ।
संवैधानिक हैसियतामा उनले शनिबारदेखि मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने भएपछि उनले राजीनामा दिएका हुन् ।
६ महिना अघि फागुन २१ गते अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका खतिवडाले ओलीलाई बिहीवार नै राजिनामा दिन्छु भनिसकेका थिए ।