logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

निति बिपरित कामगर्ने सत्ता प्रमुखलाइ नेकपाको कार्वाही


  • राजनीति
  • आइतबार, भाद्र २१ २०७७

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दैलेखले जिल्ला सदस्य मदन शाहीलाई पार्टीबाट निष्कासन गरेको छ । जिल्ला इन्चार्ज दिपेन्द्र र सेक्रेटरी मादुरोले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सदस्य शाही विगत लामो समयदेखी पार्टीको सम्पर्कमा नरही पार्टी नीति विपरित सङ्गठनिक एवं आर्थिक अराजकता, गुटबन्दी र अनुशासनहीन गतिविधिहरु गरिरहेको पुस्टी भएकोले पार्टीको जिल्ला तथा जनपरिषद प्रमुखबाट निस्कासन गरिएको जानकारी गराएका हुन् ।

यस्तै पार्टीको नाममा ब्ल्याकमेलिङ गरेर चन्दा उठाउने लगायतका कुनै पनि गतिविधि गरेको पाइएमा पार्टीले कठोर कदम चाल्न बाध्य हुने कुरा पनि नेकपाले दैलेखको विज्ञप्तिमा उल्लेख गरिएको छ

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पूर्वजिल्ला सेक्रेटरी पासाङले पार्टी नीतिविपरीत, अनुशासनहीन गतिविधि गरेकाले भदौ १५ गते नै पार्टीबाट निष्कासन गरिएको जनाएको छ ।

नेकपाका मकवानपुर जिल्ला इन्चार्ज जीवनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका जिल्ला सदस्य जुरे घिसिङ (आपच्याङ) बाहेक आफ्नो पार्टीका कुनै पनि व्यक्ति आफ्नो पार्टीमा नरहेको र आपच्याङबाहेक कुनै पनि आफ्नो पार्टीमा नरहेको स्पष्ट पारेको छ ।

नेकपाका १३८ जना कार्यकर्ता पार्टी परित्याग गरी स्वतन्त्र भएको भन्ने समाचार भ्रमपूर्ण रहेको भन्दै नक्कली नाम पेस गरी चर्चा कमाउन गरिएको प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जीवनको विज्ञप्तीमा जनाइएको छ ।
विज्ञप्तिमा पार्टी अनुशासनविपरीत कार्य गर्ने आपच्याङलाई पार्टीबाट निष्कासन गरिएको भन्दै अन्य कुनै पनि व्यक्ति नेकपामा नरहेको स्पष्ट पारिएको छ ।

तत्कालीन जिल्ला सेक्रेटरी पासाङले पार्टी नीति, विधि र अनुशासनविपरीत कैलास गाउँपालिका ५ अन्तर्गत साना युवा व्यवसायीको जेसीबी मेसिनमाथि कारबाही गरेको, उक्त कुरा पार्टीमा जानकारी नदिई आर्थिक अनियमितता गरेको, पार्टी सूचनालाई दुस्मनसँग पु¥याएको, सांस्कृतिक विचलन गरेको घटनाले यो एक प्रकारको क्रा’न्तिप्रतिको ष’ड्यन्त्र र धोका भएको भन्दै उक्त व्यक्तिका बारेमा भ्रममा नपर्न जनतालाई अपिल गरिएको छ ।

‘हामीले पार्टी परित्याग गरेका छैनौँ’

यस्तै नेकपाका अनुले अर्को प्रेस विज्ञप्तिमा मनवानपुरका पूर्वसेक्रेटरी पासाङले बिनाकुनै जानकारी आफ्नो नाम पनि १३८ जनाभित्र समावेश गरेर पार्टी परित्याग गरेको भन्ने भ्रम दिन खोजेको भन्दै उक्त कुरा सरासर झूटो भएको बताएका छन् ।
रातो खबरलाई शनिवार नै प्राप्त भएको वक्तव्यमा पार्टीका इमानदार कार्यकर्तालाई भ्रम पार्ने उक्त समाचार भ्रमपूर्ण रहेको भन्दै अनुले आफूले पार्टीविपरीत कार्य नगरेको र आगामी दिनमा पनि नगर्ने उल्लेख गरेका छन् । साथै १३८ जनाले पार्टी परित्याग गरेको भन्ने समाचार आफ्नो मन्जुरीबिना नै प्रकाशित भएकोप्रति अनुले आपत्तिसमेत जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार