राजनीति
बहुचर्चित साढे ३३ किलो सुन तस्करी र त्यससँग जोडिएको हत्या प्रकरणका तत्कालिन नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख पनि मुछिएका छन् ।
गोरेले दिएको बयान अनुसार उनले तस्करीको सुन ल्याउन माथिल्लो तहसम्म सेटिङ रहने गरेको बताएका हुन् ।जारी प्रारम्भिक बयानमा उनले नाम उल्लेख नगरी तत्कालिन प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका प्रमुख सिंहबहादुर श्रेष्ठको संलग्नता रहेको खुलाएका हुन् ।स्रोतका अनुसार उनले राप्रपा प्रजातान्त्रिकका नेतासमेत रहेका भुजुङ गुरुङले प्रहरी र शसस्त्रका प्रमुखसँग भनेर विमानस्थलबाट सेटिङ गर्ने गरेको उल्लेख गरेको छ ।
द्यपि गोरेले अहिलेसम्म कुनै पनि राजनीतिक दलका नेताको संलग्नता भने नखुलाएको स्रोतका दाबी छ । गोरे उच्च तहका व्यक्तिको नाम आफ्नो मुखबाट खोल्न चाहेका छैनन् । बयानमा ठुला व्यक्तिको नाम उल्लेख गरे कुनै पनि बेला आफू मारिने डरले उनी सो कुरा खोल्न नचाहेको बताइएको छ ।
उनी फरार रहेका एसएसपी श्याम खत्रीलाई बढी जानकारी भएको र उनिसँगै सबै राज भएको बताउँदै आएका छन् ।‘भारतीय लगानी कर्ता र नेपालका उच्च तहकै व्यक्तिले ज्यान लिन सक्ने सम्मको संकेत पाएपछि उनले मानवअधिकारवादीहरूको पहलमा आत्मसमपर्ण गरेको बताइएको छ ।पहिलो दिनको बयानका क्रममा गोरेले सुरुवातमा आफ्नो जिवन, दुबई बसाईको अनुभव, त्यहाँबाट कसरी सुन तस्करीमा संलग्न भएको र पछिल्लो काण्डका केही अंश मात्र सकाएका छन् ।
यद्यपि उनले बयान दिने क्रममै पटकपटक आफू सनम शाक्यको हत्याकाण्डमा संलग्न नभएको बताउँदै आएका छन् ।सनमको हत्यामा मुख्यरूपमा भारतिय नागरिकहरू संलग्न रहेको सनमले बताएका छन् । उनले दुबईबाट भने मुख्य लगानीकर्ताका रूपमा दाउद इब्राहिम रहेको र उनको जालोमा अरू को को नेपाली र भारतीय छन् भनेर एसएसपी खत्रीलाई मात्र थाहा भएको बयान दिएका छन् ।