राजनीति
बालिका खड्काले प्रदेश १ का सांसद शेरधन राईवि’रुद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेको मु’द्दा फिर्ता लिएकी छन्। उनले अरुको उक्साहटमा परी मुख्यमन्त्री राईवि’रुद्ध मुद्दा दर्ता गरेको स्वीकारेकी छन्।
उनले गत फागुनमा राईकी श्रीमती हुँ भनी जिल्ला अदालत काठमाडौंमा अंश माग गरी मु’द्दा दायर गरेकी थिइन्। शेरधन राईसँग अंश माग गर्न र श्रीमान् श्रीमतीको नाता कायम हुन सक्ने आफूसँग कुनै आधार प्रमाण नभएकाले मु’द्दा फिर्ता लिएको फिराद पत्रमा उल्लेख गरेकी छन्।
साथै उनले वास्तविक रुपमा श्रीमान् श्रीमतीको कुनै पनि सम्बन्ध नरहेको हुँदा यसरी नाता कायमै हुन नसक्ने भएपछि आफूले लिएको अंश दाबी साबित गर्न नसक्ने, प्रमाणित गर्न नसक्ने भएकाले मु’द्दा फिर्ता लिएको स्पष्ट पारेकी छन्।
गत २०७६ फागुन १६ गते दोलखाकी खड्काले दायर गरेको मु’द्दामा मुख्यमन्त्री राईले आफूमाथि घरेलु हिं’सा, शारीरिक या’तना, यौ’न दुव्र्यवहारको प्रयास गरेको भनी जिल्ला अदालत काठमाडौंमा मु’द्दा दायर गरेकी थिइन्। बालिकाले मुख्यमन्त्री आफ्नो पति भएकाले मुद्दामा आधा अंशसमेत मागेकी थिइन्।