राजनीति
सुनसरी- तरुण दल नेपाल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ परेका छन् ।
शुक्रबार राति इलाका प्रहरी कार्यालय इटहरीको टोलीले गुण्डागर्दी तथा जग्गा कब्जा गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।
तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेको र सो जग्गामा बनाइएको घरबाट २०६८ सालदेखि भाडा असुल्दै आएको लागेको आरोपलाई नेता गुरुङले भने खण्डन गर्दै सो जग्गा आफ्नै भएको दाबी गर्दै आएका छन् ।
पक्राउ परेका गुरुङमाथि अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ ।