राजनीति
जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह भएको स्पष्ट पारेका छन् । उनले अरु धाई, सुसारे, पण्डा, नर्तकी, तमासे भएको पनि टिप्पणी गरेका छन् ।
उनले संविधान र गणतन्त्र गर्भमै या’तना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरुको हातमा सुरक्षित नभएको पनि दाबी गरेका छन् ।
उनले भनेका छन्,‘अपांग शिशुको उपचार र रक्षा गरौं ।’ उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्,‘संविधान दिवसमा सबैले सम्झनुपर्ने कुरा:१.संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयु’द्ध र मधेशवि’द्रोह हुन्;अरू धाइ, सुसारे पण्डा, नर्तकी, तमासे हुन्;२.गर्भमै या’तना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन;३.अपांग शिशुको उपचार र रक्षागरौं!”