logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपाको बैठक भित्र, कम्पाउण्डबाटै एक युवती गिरफ्तार, को हुन ऊनी


  • राजनीति
  • आइतबार, असोज ४ २०७७

प्रहरीले काठमाडौँको पेरिसडाँडाबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

झोला देखाउन आग्रह गर्दा नदेखाएर जबर्जस्ती जान खोजेपछि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । प्रहरीका अनुसार खड्कालाई धर्नामा बस्न आएको र अन्य साथीसमेत आउन लागेको बताएपछि नियन्त्रणमा लिइएको हो । बालिकाको नाम यसअघि प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईसँग जोडिएको थियो । बालिकाले अहिले राईविरुद्ध हालेको मुद्दा फिर्ता लिईसकेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार