राजनीति
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मन्त्रिमण्डल पुनर्गठनको अन्तिम गृहकार्यमा रहेको छ । यसैबीचमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रच्ण्डबीचको छलफल सकिएको छ ।
छलफललाई अझै निरन्तरता दिनेगरी अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएको बुझिएको छ ।
आइतबार बिहान बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलमा ठोस सहमति भने हुन नसकेको बुझिएको छ । ओली र प्रचण्डबीच गत बिहीबार, शुक्रबार र आइतबार वार्ता भएपनि ठोस सहमति जुटिनसकेको दुवै नेता निकट स्रोतले जनाएका छन् ।
मन्त्रिमण्डल पुनर्गठनमा सहमति भएपनि कुन कुन मन्त्रालयलमा को को व्यक्ति पठाउने भन्नेमा कुरा मिलिनसकेको बुझिएको छ । जसले गर्दा मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ भइरहेको छ ।