logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पाल्पामा नेकपाको अभियान तीव्र बन्दै


  • राजनीति
  • मंगलबार, असोज १३ २०७७

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले संगठनात्मक अभियानलाइ तिब्रता दिएको छ । पछिल्लो समयमा नेकपाको जिल्ला नेतृत्व नै गाउँबस्तीमा पुगेर सगठनात्मक अभियान संचालन गरेको छ ।

नेकपा पाल्पाले अभियानको सिलसिलामा तिनाउ १ मा तिनाउ गाउँ स्तरीय युवा संगठन नेपाल , पाल्पाको भेला सम्पन्न । टिबि दर्लामी को अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति निर्वाचित । प्रमुख अतिथि धनबहादुर थापा विश्लेषण( लुम्बिनी इन्चार्ज तथा केस) बिशेष अतिथि कमरेड प्रवीण ( नेकपा, पाल्पा इन्चार्ज) । अन्य अतिथिहरु निरबहादुर बिक,(दलित जिल्ला अध्यक्ष तथा केस)लिलाबहादुर सारू (युवाका जिल्ला अध्यक्ष), कवि रुप सिंह बिक र लंक राना ( विद्यार्थी जिल्ला अध्यक्ष) ।

प्रतिनिधिहरुको उत्साहजनक सहभागिता । प्रशिक्षण कमरेड प्रवीण र धनबहादुर थापा ले गर्नु भयो । शुभकामना निरबहादुर बिक, लीला बहादुर सारू र लंक राना । कवि रुप सिंह बिकले कविता वाचन गर्नु भयो । नव निर्वाचित पदाधिकारीलाई अबीरावरण तथा बधाई प्रमुख अतिथि र बिशेष अतिथिबाट सम्पन्न भयो ।


फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार