logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गुप्तचरमा पनि कोरोना छपक्कै


  • राजनीति
  • बुधबार, असोज २८ २०७७

अरुको नजरबाट जोगिएर गोप्य खबर सङ्कलन गर्नुपर्ने निकाय राष्ट्रिय अनुसन्धान विभाग र मातहतका कार्यालय पनि कोरोना संक्रमणबाट पीडित भएका छन् । प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभाग र अन्तर्गतका कार्यालयमा गरी ५० जनाभन्दा बढीलाई कोरोना सङ्क्रमण भइसकेको छ ।

उपत्यका बाहिर पनि धेरैजसो सीमा नाकामा खटिएकालाई सङ्क्रमण भएको हो । गुप्तचरमा उपल्लो तहका डिआईजीसम्मलाई कोरोनाले छोएको छ । एक नं. प्रदेश प्रमुख हुतराज थापालाई सङ्क्रमण पुष्टि भएको छ । धरानमा रहेका थापा चर्चित सुन काण्डको छानबीनमा संलग्न थिए । विभागमा भने सबैभन्दा ठूलो दर्जाका एसपीसम्मलाई कोरोना संक्रमण देखिएको छ ।

मुलुक र सरकारको नाक,कान,आँखा भनेर चिनिएको विभागमै कोरोना सङ्क्रमण बढ्दै गएको हो । गुप्तचरमा करिब २२ सय जनाको दरबन्दी छ । जनतासँग नजिकिएर सूचना र समाचार सङ्कलन गर्नुपर्ने उनीहरूको मुख्य दायित्व र जिम्मेवारी हो । कार्य प्रकृतिअनुसार पनि उनीहरू सबैभन्दा बढी जोखिममा छन् ।

तीमध्ये धेरैजसोले जिल्लाका सीडीयो कार्यालय र सर्वसाधारणको भीड हुने अन्य महत्वपूर्ण कार्यालय र निकायमा त्यो पनि नजानिँदो किसिमले फ्रण्ट लाइनमा रहेर काम गर्नुपर्ने हुन्छ । यसले बर्दीधारी मात्र होइन बर्दी नलगाई खटिएकाहरू समेत यस्तो जोखिममा परेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार