logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मदन भण्डारीको पोस्टमार्टम गर्ने डाक्टर के भन्छन हत्या कि दुर्घटना


  • राजनीति
  • मंगलबार, जेष्ठ १५ २०७५

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव मदन भण्डारी र अर्का नेता जिवराज आश्रीत को मुग्लिन चितवनको सडक खण्ड दास ढुंगामा भएको रहस्यमय मृत्युुका बारेमा अनेकन तर्कहरु छन । कोहि दुर्घटना कोहि नियोजित हत्या भन्छन । यधपी यो थियो भन्ने बारेमा सहि सत्य कुरा अझै बाहिर आएको छैन । उनै चर्चित नेता मदन भण्डारीको शवको मेडिकल चिरफार (पोस्टमार्टम )गरेका डा हरिहर वस्ती यस्तो भन्छन त उनको मृत्यु बारेमा ।

मदन भण्डारीको त्यो पोस्टमार्टम

०५० साल जेठको शुरूआती महिना । सिमसिम पानी परिरहेको विरक्तिलो दिन । घटना उनले पनि सुने– तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित दासढुंगामा रहस्यमय दुर्घटनामा परे । चालक अमर लामाचाहिँ गाडीबाट हामफालेर ज्यान जोगाए ।

घटना सुनेकै दिन जीवराज आश्रितको शव वीर अस्पताल ल्याइपुर्‍याइयो । मदनको तीन दिनपछि चितवनको गाजिपुरमा फेला पर्‍यो । सड्न लागिसकेको थियो शव । हत्या कि दुर्घटना भनेर देशकै ध्यान खिचियो । आन्दोलनको आँधीबेहरी सिर्जना गर्‍यो एमालेले । हत्याको निष्पक्ष छानबिनको माग राख्दै हप्तौँसम्म सडक ततायो ।

ती दुवै शवको ‘अटप्सी’ उनैले गरेका हुन् । ६ जनाको समूह थियो । टीमको मेम्बर सेक्रेटरी र मुख्य ‘अटप्सी’ गर्ने उनै थिए ।
‘अटप्सी’ गर्दा दुवै नेताको मृत्युको कारण चोट नै देखियो । हत्या खुलेन ।
जीवराजको शव गाडीभित्रै भेटिएको थियो भने टाउकादेखि नै किचिएकाले जीप बल्ड्याङ खाँदा लाग्ने चोटसँग शतप्रतिशत मिल्ने देखियो ।
मदन भण्डारीको पनि टाउको, घुँडा, पेटलगायतका भित्री अङ्गमासमेत चोट थियो । त्यो पनि गाडीका पार्टपुर्जामा ठोक्किएर लाग्ने चोटसँग हुबहु मिल्थ्यो ।
“नेताद्वयलाई कुटपिट गरेर गाडीभित्र हालेर नदीमा खसालिएको भन्ने कुरामा मचाहिँ विश्वास गर्दिनँ,” आफ्नो तर्कमा अडिग छन् उनी ।
त्यसबाहेक अर्को पहेली बाँकी नै छ– गाडी दुर्घटना गराइयो कि भयो ?
त्यो त मेडिकल विज्ञानले किटान गर्ने विषय भएन । मेडिकल विज्ञानको सीमितता नै मान्न सकिन्छ यसलाई ।
त्यसबाहेक नेताद्वयलाई नसालु पदार्थ सुँघाएर दुर्घटना गराएको हुनसक्ने आशंका तत्कालीन एमालेले गर्यो र बेलायतको विधि विज्ञान प्रयोगशालामासमेत परीक्षण गर्न पठाइयो तर पत्ता लागेन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार