राजनीति
नवनियक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सपथ खुवाएकी हुन्। सपथ खाएपछि नवनियुक्त मन्त्रीहरूले हिजोनै पदभार सम्हालेकाछन ।
शपथ ग्रहणमा नयाँ मन्त्री नियुक्तिप्रति असन्तुष्ट रहेका पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल उपस्थित भएनन् । उनीहरुले कोरोनाको कारण देखाए पनि असन्तुष्टीका कारण उपस्थित नभएको बताईएको छ ।