राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पश्चिम् कमान्डमा सांस्कृतिक अभियानहरु संचालनलाइ ब्यापकता दिएको छ ।
अखिल जनसांस्कृतिक महासंघ अन्तरगत केन्द्रिय सामना परिवारले सांस्कृतिक अभियानहरु संचालन गरेको हो । पश्चिम्का गाउँबस्तीमा १८ दिन बिधागत प्रशिक्षण गरेर राप्ती ब्युरोका दुरदराज गाउँबस्ती हरुमा सांस्कृतिक कार्यक्रम मार्फत जनतालाई क्रा’न्तिको लागी आव्हान र गोलबन्द गरेको छ ।
त्यस्तै सामना परिवारले जनताका बस्तिहरुमा जनश्रमदान पनि गरेको छ । भस्ट्रचार ,कालोबजारी, महंगी बि’रोध पनि कार्यक्रममै भन्डाफोर गरेको छ ।
कोरोना कहरले थिलोथिलो भएको अबस्थामा केन्द्रिय सांस्कृतिक टोलि सांस्कृतिक कार्यक्रम जन चेतना मार्फत आफ्नो पार्टीको धारणा आम जनताहरुको बिचमा पुर्याउदै आएको छ ।
उक्त कार्यक्रम नेकपा ब्युरो सदस्यहरु महेन्द्र र मिसनले कार्यक्रम लाई सम्बोधन गरेका थिए ।

