logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जनयुद्धकालिन घटनामा प्रधानसेनापति सहित २८८ कालोसूचीमा


  • राजनीति
  • शुक्रबार, असोज ३० २०७७

संयुक्त रास्ट्र सँघीय मानव अधिकार समितिमा तीन बर्षका निम्ति दोश्रो चोटि बिजय हासिल भएको तीन दिन नबित्दै राष्ट्रिय मानवअधिकार आयोगले द्व’न्द्वकालका २ सय ८८ जना मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको छ ।

तत्कालीन प्रधान सेनापति प्रज्वल समशेर राणा र प्यारजंग थापाको कार्यकालमा भैरवनाथ गणमा ४७ जना माओवादी बे’पत्ता बनाएको घ’टनामा तत्कालीन प्रधान सेनापति नै जिम्मेवार रहेको प्रतिवेदनमा उल्लेख छ ।

आइजिपी कुवेरसिंह रानालाई धनुषाको तत्कालीन एसपी रहँदा जनकपुरमा ब’लपूर्वक बे’पत्ता पारिएको घ’टनामा जिम्मेवार ठहराइएको छ । हाल निर्वाचन आयुक्त रहेका नरेन्द्र दाहाललाई पनि सिडियो हुँदा मानवअधिकार उल्लंघनकर्ताको बात लागेको छ ।

चिसापानी ब्यारेकका तत्कालीन सेनानी अजित थापाले ६ पटक मानवअधिकार उल्लंघन गरेको प्रतिवेदनमा उल्लेख छ ।

सोही ब्यारेककै क्याप्टेन रमेश स्वाँरले १० पटक मानवअधिकार उल्लंघन गरेको आयोगले जनाएको छ ।

माओवादीका तत्कालीन ललितपुर जिल्ला नेता नवीन भनीने फणिन्द्र देवकोटा समेत कालो सूचीमा परेका छन् ।  डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाको पिए देवकाेटा हाल पनि भट्टराईकै सचिवालयमा छन् ।

तत्कालिन प्रमुख जिल्ला अधिकारीहरु, माओवादी जिल्ला कमाण्डरहरु पनि मानवअधिकार उल्लंघनकर्ताको सूचीमा छन् । उल्लंघनकर्ताहरुमा सबैभन्दा धेरै नेपाल प्रहरीका ९८ जना रहेका छन् । यस्तै नेपाली सेनाका ८५ जना, माओवादीका ६५ जना,निजामती कर्मचारी १६ जना, सशस्त्र प्रहरीका ८ जना मानवअधिकार उल्लंघनकर्ताको नाम आयोगले सार्वजनिक गरेको तालिकामा छ । अन्य विभिन्न सुराकी,प्रतिकार समूह,भारतीय सीमा सुरक्षाकर्मी एसएसबीसहित अन्य ७ जना पनि कालोसूचीमा छन् ।

मानवअधिकार उल्लंघनकर्ताहरुलाई कुनै कार’बाही भएको छैन । हालसम्म उनीहरु कोही बढुवा त कोही मृतक र सेवानिवृत्त भइसकेका छन् ।

सामान्यतया मानवअधिकार उल्लंघनकर्ताको सूचीमा परेकाहरुले विदेश भ्रमणमा जान पाउँदैनन् । सरकारी सेवा सुविधा र अन्य नियुक्ति समेत लिन पाउँदैनन् ।

आयोगका पदाधिकारीको कार्यकाल यही असोज मसान्तमा सकिँदैछ । आयोगले आज जुममार्फत बैठक गरी नाम सार्वजनिक गरेको हो । जुम बैठकमा सदस्य गोविन्द पौडेल भने सहभागी भएनन् ।

कालोसूचीमा परेकाहरुको नामावली ः


जनाअस्था बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार