राजनीति
विद्रोही नेपाल कम्युनिस्ट पार्टि निकट अखिल (क्रा’न्तिकारी) ललितपुर जिल्लाले जिल्ला भित्रको शैक्षिक सुधार गर्नका लागि जिल्ला शिक्षा समन्वय इकाई, नगर, महानगर , निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) , राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) को कार्यलयमा मागपत्र पेश गरेको छ ।
अखिल(क्रा’न्तिकारी) ललितपुर जिल्लाले कक्षा ११ र १२ का लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकाश केन्द्रबाट जारि गरिएको नयाँ पाठ्यक्रममा गणित पढ्नै पर्ने विषयहरू; भौतिकशास्त्र, रसायनशास्त्र, इन्जिनियरिङ, भु-तथा अन्तरीक्ष विज्ञान लगाएतमा पनि गणितलाई अनिवार्य नबनाई ऐच्छिक बनाएको भन्दै अनिवार्य बनाउनुपर्ने माग राखेको छ ।
सात बुदा रहेको मागपत्रमा क्रा’न्तिकारीले नेपाली शिक्षामा रहेको नेपाली र अङ्ग्रेजी भाषागत बिभेदको अन्त्य गरि समान बनाउनुपर्ने, छात्रवृत्तिप्रदान गर्दा आसेपासेलाई नभई गरिब, जेहेन्दार , विपन्न, देशकागि कुर्वानि गरेका सहिद परिवार; वे’पत्ता , घा’इतेहरूका छोराछोरीलाई प्राथमिकता दिनुपर्ने, अनलाइन शिक्षाकालागि भौतिक संरचना , ईन्टरनेट कम्प्युटर लगाएतका आवश्यक उपकरणको वयवस्था गर्नुपर्ने, शिक्षकलाई तलबको वयवस्था गरिनुपर्ने लगाएतका मागहरू राखेको छ ।
शैक्षिक मागपत्र पेश गर्नकालागि अखिल(क्रा’न्तिकारी) ललितपुर जिल्लाका अध्यक्ष रमेश सुनार “अग्रिम” को नेतृत्वमा नगर, महनगर, जिल्ला शिक्षा समन्वय इकाईको कार्यलाईमा गएर क्रा’न्तिकारीले मागपत्र पेश गरेको थियो । मागपत्र पेश गर्नेक्रममा जिल्लाका अध्यक्ष अग्रिमले विद्यार्थीहरूका जायज मागहरूलाई तत्काल सम्वोधन गर्न संबंधित निकायलाई आग्रह गरेकाछन । अध्यक्ष अग्रिमले विद्यार्थीहरूका जायज मागहरूलाई वेवस्ता गरे क्रान्तिकारी विद्यार्थीहरूले सबक सिकाउने चे’तावनी दिएकाछ्न ।
