राजनीति
बहुचर्चित बिद्रोही दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले देशभर कोरोना संक्रणका कारण स्थगित गरिएको प्रतिरोध काम कार्वाही अब संचालन गर्ने जनाएकाछन । सा
विप्लवले महँही,भ्रष्टाचार, बला’त्कार, महिला हिंसा, जातिय हिंसा जस्ता वेथिती बढेको भन्दै अब एक्सन उत्रिने संकेत गरेकाछन ।
महासचिव विप्लवले जनभावनामा सम्मान गर्दै बन्द गरिएका आ’क्रामक कार्वाहीहरु अब अगाडि बढाउने संकेत गरेका हुन । मुलुकभर देखीएको संकटको बेला समेत सरकारले दम’न र धरपकड नरोकेको भन्दै अब जनबिरो’धी गतिविधि गर्नेहरुलाइ निसाना बनाउने बताएकाछन ।
महासचिव विप्लव भनेकाछन कोरोना फैलिएपछि हामीले जनभावनालाई आत्मसाथ गर्दै आक्रमक कार्वाहीहरू बन्द गरेका हौं । जब सरकारले द’मन बढायो प्र’तिरोध का’र्वाही खोलेका हौं । जहासम्म भ्रष्ट, बला’त्कारी, जातिवादी अत्या’चारी, का’लाबजारीहरूलाई का’र्वाही बढाउने कुरा छ जनभावनाअनुरुप पार्टीले कदमहरू चाल्दै जाने छ । यसको अभिलेख र हिसाबकिताव हामीसँग छ । समयले भुक्तानी माग्नेछ ।
नेकपा महासचिव विप्लवको यो भनाइले अब नेकपाले गलत काम र प्रवृत्तिका विरु’द्ध निर्मम हुने संकेत र संदेश दिन खोजेको प्रष्ट भएको छ ।
यस्तै वार्ताको बारेमा महासचिव विप्लव भनेकाछन : हामीले स्पष्ट रूपले भनेका छौं, वार्ताको सवाल हाम्रो मात्र विषय होइन आमजनतासँग जोडिएको विषय हो । यो कुनै गुपचुप, रहस्यमय तरिकाले गर्ने मामिला पनि होइन । देशको राजनीतिक परिस्थितिबारे विभिन्न व्यक्तित्व, नेता, बुद्धिजीवीहरूसँग अनौपचारिक ढङ्गले परोक्ष, अपरोक्ष छलफल हुने विषय स्वभाविक हुन्छ । तर औपचारिक रूपले अगाडि नआएसम्म गरिने प्रचार केवलप्रचार मात्र हुन् । प्रधानमन्त्रीले पहिचान नखुलेको वार्ताको चर्चा गरेको सुनियो । रातोपाटी लगायतले छेउबाट खुलाइदिन खोजेको पनि पाइयो तर सुघेर, कोट्याएर थाहा पाउनु पर्ने वार्ता अपिल ! कस्तो अपिल !
आफ्नो पार्टी भित्रको शुद्धीकरणको बारेमा समेत यस्तो धारणा राखेकाछन वास्तवमा पार्टी भनेको रूपान्तरणको साधन हो । कम्युनिस्ट नभएकालाई कम्युनिस्टमा रूपान्तरण गर्नु र कम्युनिस्ट बनेकालाई असल कम्युनिस्टमा रूपान्तरण गर्नु पार्टीको जिम्मेदारी हो ।
हाम्रो पार्टीमा रूपान्तरणको प्रक्रिया चलिरहेको छ । गल्ती गर्ने कमरेडहरूले गल्ती महसुस गर्दै आफूलाई एकीकृत जनक्रा’न्तिमा समाहित गरिरहनु भएको छ । पार्टी आफैँ पनि शुद्धीकृत र सुदृढीकृत हुँदै बढिरहेको छ ।