logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कहाँ छ राज्य ? लकडाउनमा दलित समुदायका १३ जनाको हत्या


  • पत्रपत्रिका
  • सोमबार, कार्तिक ३ २०७७

कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिं’सात्मक घ’टना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको दलित समुदायको मानवअधिकारको अवस्था प्रतिवेदनमा हिंसात्मक घ’टना भएको उल्लेख छ ।

प्रतिवेदनअनुसार बन्दाबन्दी लकडाउनको समयमा १३ वटा ह’त्याको घट’ना भएको उल्लेख छ । त्यस्तै, दलित युवतीमाथि चारवटा बला’त्कारका घ’टना भएका छन् । आयोगको प्रतिवेदनअनुसार रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्ल र जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विश्वकर्माबीचको अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सन्दर्भलाई लिएर १० जेठ २०७७ मा स्थानीय गाउँलेको सामूहिक कु’टपिटमा परेर नवराज विक, टीकाराम विक, लोकेन्द्र सुनार, गणेश बुढा मगर, सञ्जु विक र गोविन्द शाहीको सामूहिक ह’त्या भएको थियो ।

त्यस्तै, ११ जेठ २०७७ मा रूपन्देही देवदह नगरपालिका–११ गुम्बीकी अंगिरा पासीको स्थानीय रोहिणी खोलाको किनारा नजिकको रुखमा झु’न्डिएको अवस्थामा ला’स भेटिएको थियो । स्थानीय युवा वीरेन्द्र भरसँग प्रेम सम्बन्ध रहेकाले वडा अध्यक्षको उपस्थितिमा केटीको जिम्मा लगाइएको उल्लेख छ । अंगिराका बुबाले आफ्नी छोरीको ह’त्या भएको भन्दै उजुरी दिए पनि दर्ता नभएको प्रतिवेदनमा लेखिएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेडाँडा भानाकोटकी १८ वर्षीया उर्मिला टमटालाई सोही गाउँका तिलक बटालाले विवाह गर्ने प्रलोभनमा यौ’न शोषण गरेर ह’त्या गरे । तर, सो घट’नामा बटालालाई का’रबाही भएको छैन । प्रदेश २ धनुषाको सबैला नगरपालिका–१२ बस्ने २२ वर्षीय शम्भु सदाको इलाका प्रहरी कार्यालयमा झु’न्ड्याएर निर्ममतापूर्वक ह’त्या भएको आयोगको प्रतिवेदनमा जनाइएको छ ।

२६ जेठमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० का माधव मसुहर, जानकी मुसहर, पोषराज मुसहरलगायतको सामूहिक ह’त्या भयो । त्यस्तै, १४ जेठमा भारतको चेन्नईबाट फर्केका १६ वर्षीय राजु सदा क्वारेन्टिनमा झाडापखालाबाट ग्रस्त भएसँगै जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भयो ।

३१ असारमा सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा आफूले मोहीस्वरूप पाएको जग्गा जोत्दा ह’त्या गरेर ला’स फालिएको अवस्थामा भेटियो । २७ असारमा सिरहाको लहान नगरपालिका–१ का १८ वर्षीय रोशन रामको अपहरणपछि ह’त्या भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, २९ असारमा सप्तरीको शम्भुनाथ नगरपालिका–३ का ४२ वर्षीय त्रिभुवन रामको ह’त्या भएको आजको राजधानी दैनिकमा खवर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार