logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपाद्धारा कोणसभा सहित स्वास्थ्य सामग्री बितरण


  • राजनीति
  • आइतबार, कार्तिक १६ २०७७

नेत्र बिक्रम चन्द नेतृत्वको बिद्रोही दल नेपाल कम्युनिष्ट पार्टी तनहुँ जिल्ला समितिले पार्टिको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा कोणसभा सम्पन्न गरेको छ। साथै स्थानिय जनतालाइ स्वास्थ्य सामाग्री पनि वितरण गरेको छ ।

पार्टिको केन्द्रिय कार्यक्रम अनुसार आयोजित कोणसभामा बोल्दै जिल्ला इन्चार्ज रुबेलले कोरोना संक्रमितले उपचारमा लाग्ने खर्च आफैले व्यहोर्नुपर्ने निर्णय गरेर आफ्नो नालायकिपन प्रस्तुत गरेको बताएका थिए । उनले भने नेपालको कुटनैतिक नीति विरुद्ध भारतिय गुप्तचर संस्था रअ का प्रमुखलाई नेपाल मै बोलाएर प्रधानमन्त्री के पि शर्मा ओलिले गोप्य भेट गर्नुले सरकार भारत परस्त रहेको साथै यस्ले राष्ट्रिय स्वाधीनता को विषयमा प्रश्न चिन्न खडा गरेको छ । त्यसै गरि उक्त कोणसभामा बोल्दै विद्यार्थी संगठन तनहुँकि जिल्ला अध्यक्ष ममता रुचालले अहिले के पि ओलिको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, महामारिको समयमा पनि कमिसनको खेलमा लागेको आरोप लगाइन ।

कोरोना संक्रमितको उपचार खर्च संक्रमित आफैले व्यवस्थापन गर्नु पर्ने सरकारको निर्णयका विरुद्ध, भारतिय गुप्तचर संस्थाका प्रमुख सामन्त कुमार गोयल संग प्रधानमन्त्री के पि ओलिको गोप्य भेटवार्ताका विरोध स्वरुप, राष्ट्रिय स्वाधिनताको रक्षा का पक्षमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न संघर्षको कार्यक्रम घोषण गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार