logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नरवाने भ्रमणको विरुद्धमा माइतीघरमा प्रदर्सन


  • राजनीति
  • बुधबार, कार्तिक १९ २०७७

माइतीघर मण्डलमा भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकै दिन आज दिउँसो माइतीघरमा प्रदर्शन भएको हो।विभिन्न २१ दलले गरेको प्रदर्शनका सहभागीले ‘गो ब्याक इन्डिया’ लगायत नारा लगाएका थिए। सन् १९५० लगायतमा भएका असमान सन्धी खारेज गर्न पनि उनीहरूले माग गरेका थिए।प्रदर्शनकारीले भारतीय सेनाध्यक्ष नरवणेविरूद्ध पनि प्रदर्शन गरेका थिए। नरवणे कालापानी(लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। उनले चीनको उक्साहटमा नेपालले सो सीमा विवाद निकालेको दाबी गरेका थिए।

माइतीघर मण्डलामा २१ दलीय मोर्चाले भेला भएर केही व्यक्तिले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको विरोध गरेका छन् ।

नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्ने विषय आश्चर्यजनक भएको बताउँदै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

नरवणेले सीमा विवाद चर्किएका वेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार