logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्डले बोलाएको बैठक बादलद्धारा बहिष्कार


  • राजनीति
  • शुक्रबार, कार्तिक २१ २०७७

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सचिवालय बैठकमा गृहमन्त्री रामबहादुर थापा सहभागी नहुने भएका छन् । आज अपरान्ह ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा दाहालले सचिवालय सदस्यहरुलाई बोलाएका छन् ।

उक्त बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर कोही पनि सदस्य सहभागी नहुने स्पष्ट भैसेकेको छ । त्यस्तै, अर्का सचिवालय सदस्य बादल पनि आजको बैकठमा सहभागी नहुने भएका छन् । बादलका सुरक्षा विज्ञ सल्लाहकार ईन्द्रजित राईले दाहालले बोलाएको सचिवालय बैठकमा बादल सहभागी जानकारी दिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । स्रोतका अनुसार बैठक बोलाउन विषयमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । तर सहमति नभएको बताइएको छ ।

दिउँसो बोलाइएको सचिवालय बैठकमा पनि ओली सहभागी नहुने बालुवाटार स्रोतले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार