राजनीति
सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अति बिश्वासनीय नेता शंकर पोखरेललाई पार्टी अध्यक्ष बनाउने तयारी थालेका छन् । पार्टीको अबको नेत्तृत्व ६० बर्ष वरिपरिको दोस्रो पुस्तामा हस्तान्तर गर्ने प्रस्ताब सार्बजनिक गर्दै यस्तो तयारी गरेका हुन ।
आफूपछि पार्टीको नेत्तृत्व दोस्रो पुस्तालाई दिनुपर्ने ओलीको प्रस्ताब छ । ६० बर्ष उमेरको प्रस्ताब शंकर पोखरेलको उमेरलाई हेरेर गरिएको स्रोतले बताएको छ ।
यो उमेर कायम भए ओली समूहका नेत्तृत्वका आकांक्षीहरु ईश्वर पोखरेल र सुबास नेम्वाङ स्वतः प्रतिश्पर्धाबाट बाहिरिने छन् । अर्का अध्यक्ष प्रचण्ड,बरिष्ठ नेता माधब नेपाल र झलनाथ खनालले पुनः नेत्तृत्वको आकांक्षा प्रकट गरिरहेको बेला ओलीको यस्तो प्रस्ताबले उक्त पार्टीभित्र नयाँ हलचल ल्याएको छ । यो प्रस्ताबले ओली अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय नेपाल र खनालभन्दा एक कदम अघि देखिएका छन् । यसले पहिलो पुस्ताका नेता रक्षात्मक बनेका छन् । अरु पुस्ताका नेता तथा कार्यकर्ताहरु भने उत्साहित बनेका छन् । ओलीको यो प्रस्ताबले पार्टीभित्र नयाँ धु्रबीकरण हुने निस्चित देखिएको छ ।