राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी कैलालीका दुइ कार्यकर्ता गिरफ्तार भएकाछन । क्रान्तिकारी अनुसार आफ्नो बिद्यार्थी संगठनमा आस्थावान जनक बिष्ट र बिबेक भट्टलाइ षड्यन्त्रमुलक तरिकाले गिरफ्तार गरेको क्रान्तिकारी कैलालीका अध्यक्ष सुवास किरण जोशीले जनाएकाछन ।
उनिहरुको गिरफ्तारी प्रती अखिल क्रान्तिकारी कैलाली
ले आक्रोश व्यक्त गरेको छ । सामन्य स्तरका आस्थावान ब्याक्तीलाइ निजि कामको सिलसिलामा समातेर झुट्टा मुद्दा लगाउने प्रपन्च रचेको भन्दै क्रान्तिकारीले बिनासर्त रिहाइको माग गरेको छ

बिज्ञप्ती
हाम्रो महान तथा गौरवशाली संगठन सामाजिक दलाल फासिवादी केपि सरकारको प्रतिबन्ध र दमनका बाबजुत राष्ट्रियता , जनतन्त्र , जनजिबिका र बैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको आन्दोलनमा निरन्तर रूपमा संघर्षरत रहेको बिषय आमजनसमुदायमा सर्वबिधितै छ ।
यसै सन्दर्भमा ब्यक्तिगत कामको सिलसिलामा रहनुभएका हाम्रो जनप्रिय संगठनमा आस्थावान प्रिय विद्यार्थी जनक बिष्ट र विवेक भट्ट लाई नालायक बुर्जुवा सरकारको ठाडो आदेशमा गिरफ्तार गरि झुट्टामुद्दामा फसाउने घृणित षडयन्त्र गरिएको बिषयले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । गिरफ्तार विद्यार्थी माथि लगाइएको झुट्टा मुद्दा खारेजगरि तत्काल स-सम्मान रिहाइको जोडदार माग गर्दछौ साथै गैरन्यायिक गिरफ्तारिका विरुद्ध बोल्न मानवअधिकार , नागरिकसमाज, पत्रकार , वकिल , बुद्धिजीवी लगायत सम्पुर्णमा अपिल गर्दै गिरफ्तार विद्यार्थी लाई बिनासर्त तत्काल रिहाई नगरे कडा संघर्ष गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम सामाजिक फासिवादी केपि सरकार हुनुपर्ने बिषय समेत स्पस्ट पार्दछौ ।
