logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्डकाे प्रस्ताव पार्टी एकता बिरुद्ध : मुख्यमन्त्री पाेखरेल


  • राजनीति
  • शनिबार, कार्तिक २९ २०७७

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका नेता शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश भएको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका छन्। शनिबार बिहान फेसबुकमार्फत उनले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय बैठकमा अर्का अध्यक्ष केपीशर्मा ओलीविरुद्ध संगिन आरोपसहित एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरेको बताएका हुन्।

पोखरेलले प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु ।’
पोखरेलले व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य बुझ्न अनुरोध गरेका छन् ।

सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद पत्रमार्फत आरोप/प्रत्यारोपमा पुगेको छ। प्रधानमन्त्री ओली र दाहाल एकअर्काले गुटबन्दी गरेको आरोपदेखि अध्यक्षद्वयबीच भएको छलफलमा एकले अर्काेलाई दोषी देखाउँदै कृत्रिम कुरा गरेको आरोपसम्म लगाएका छन्।

शुक्रबारको सचिवालय बैठकमा पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आदानप्रदान भएका पत्र अध्ययनका लागि सचिवालय सदस्यलाई बाँडिएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार कात्तिक २२ गते कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच सदस्यले प्रधानमन्त्रीलाई बुझाएको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र, पुनः प्रचण्डले ओलीलाई दिएको जवाफी पत्र सचिवालय सदस्यलाई बाँडिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार