logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्डकै क्याम्पमा फर्के ‘बादल’ बैठकमा सहभागी हुदै


  • राजनीति
  • बुधबार, मंसिर ३ २०७७

प्रायः बिचमा बसेर भुमिका खेल्ने मानिएका बादलले आफ्नो कित्ता प्रष्ट पार्दै गएको संकेत देखिएको छ । दाहाल – नेपाल समुहका अनुसार सत्तारुढ नेकपाको आज बस्ने नेकपा केन्द्रीय सचिवालय बैठकमा गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादल उक्त बैठकमा उपस्थित हुने भएका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र उनका समर्थकहरु बैठकमा सहभागी नभए पनि बादल उपस्थित हुने भएका हुन्।

ओली, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल र उपप्रधनमन्त्री इश्वर पोख्रेलले प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुले भष्ट्राचार, आफन्तवादलगायतका आरोपसहित पद त्याग्न गर्न ओलीसँग गरेको आग्रहसहित सचिवालयमा पेश राजनीतिक प्रस्ताव फिर्ता नलिएमा बुधबारको बैठक नहुने अडान लिएका छन्।

उक्त सुझावसहित महासचिव पौडेलले दुईपटक ओलीका दूतका रुपमा प्रचण्डसँग भेट गरिसकेका छन् तर प्रचण्डलगायत उक्त प्रस्तावका समर्थक पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनालसहित बामदेव गौतम र नारायणकाजी श्रेष्ठले ओली पक्ष उपस्थित नभएपनि बैठक भएरै छाड्ने अडान लिएका छन्। बादल उपस्थित भएमा ओलीको पक्षमा तीन जना मात्र सदस्य रहनेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार