logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सचिवालय बैठक स्थगित, मन्त्रीपरिषद्काे सुरु


  • राजनीति
  • बुधबार, मंसिर ३ २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बै‌ठक १० दिनपछि बस्ने निर्णय गर्दै सम्पन्न भएको छ। कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार बुधबार दिउँसो १ बजेपछि बसेको बैठक भर्खरै सम्पन्न भएको हो।

कात्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष केपी ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताकै बीच आरोप–प्रत्यारोपले नेकपाको विवाद चरम बिन्दुमा पुगेको छ।

ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन्। बुधबारको बैठकमा समेत ओलीले उक्त प्रस्ताव फिर्ता गर्न अनुरोध गरेका छन्।

विवाद चर्किदै गएको बेला सम्पन्न भएको सचिवालय बैठकमा अध्यक्ष ओलीसहित सबै सचिवालय सदस्य सहभागी भएका थिए ।

बैठकअघि प्रधानमन्त्री ओलीले शीतल निवासमा राष्ट्रपति भण्डारीसँगको छलफल गरेका थिए। दिउँसो तय भएको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठक अगाडि ओली शीतल निवास पुग्नुलाई महत्वका साथ हेरिएको हो। सचिवालय बैठक लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार