logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ब्रेकिङ्ग : युवा नेता पुर्ण सिंह गिरफ्तार


  • राजनीति
  • बिहिबार, मंसिर ४ २०७७

सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका पुर्व विद्यार्थी अध्यक्ष तथा चर्चित युवा नेता पुर्ण बहादुर सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आज बिहान रुपन्देहीबाट नेता सिंहलाई गिरफ्तार गरेको पारिवारिक स्राेतले जनाएकाे छ । लामो समय क्रान्तिकारी बिद्यार्थी आन्दोलनमा सहभागी सिंह बिद्यार्थी माझमा लोकप्रीय र स्थापित नेता मानिन्छन् ।

सिंह सहित अर्का एकजना पनि गिरफ्तार भएकाछ्न स्रोतले जनाएको छ ।

ओली सरकारले प्रतिबन्ध घाेषणा गरे पश्चात् हालसम्म विप्लव नेतृत्वको नेकपाका स्थायी सदस्य हेमन्त प्रकाश ओली ‘शुदर्शन’ पाेलिट ब्युराे सदस्य भरत बम ‘रणविर’ ओम प्रकाश पुन लगायत करिव १४ सयकाे हाराहारीमा नेता कार्यकर्ताहरु विभिन्न मुद्दामा जेल तथा हिरासत छन् ।

विप्लव नेतृत्वको नेकपामाथी काे प्रतिबन्ध प्रति सुरक्षा निकायका उच्च अधिकारी देखि राजनीति दलसम्म सर्वत्र विराेध भइरहेकाे छ।

सरकारले राजनीतिक पार्टी र राजनीतिक आस्थाको आधारमा नेता कार्यकर्तामाथि अनावश्यक दमन गरेर गृहयुद्ध निम्त्याएको बिश्लेषकहरु बताउछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार